एक हजार कक्षाकोठा निर्माणको लागि २ अर्ब ५० करोड विनियोजन  « Khabarhub

एक हजार कक्षाकोठा निर्माणको लागि २ अर्ब ५० करोड विनियोजन 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा विद्याको एक हजार कोठा निर्माणको लागि २ अर्ब ५० करोड अर्थमन्त्री वर्षमान पुनले बजेट विनियोजन गरेका छन् । 

अपाङ्गमैत्री, सुरक्षित एक हजार कोठाको लागि उक्त बजेट विनियोजन भएको मन्त्रीले बताएका छन् । 

निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आवको बजेटमा  विद्यालय भवनको भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्य आगामी वर्ष सम्पन्न गरिने बताएका थिए । 

भूकम्पबाट प्रभावित ३१ जिल्लाका ७ हजार ५३७ विद्यालयको पुनर्निमाण कार्य सम्पन्न भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षणले देखाएको छ । ४० विद्यालयको पुनर्निमाण भने निर्माणाधीन अवस्थामा रहेको सर्वेक्षणले जनाएको छ । 

महतले महेन्द्र रत्न क्याम्पस लगायत भूकम्पबाट क्षतिग्रस्त ३८ वटा क्याम्पसहरूको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइने समेत बजेटमा योजना ल्याएका थिए । उक्त योजनामा के भएको छ त्यो भने सर्वेक्षणले खुलाएको छैन ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ४८ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको