रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु « Khabarhub

रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा उत्तरपूर्वी भारतस्थित मिजोरम राज्यमा ३७ जनाले ज्यान गुमाएका छन् ।

मिजोरमको राजधानी आइजोलमा भारी वर्षा भएपछि पहिरो गएको थियो । सोही पहिरोमा पुरिएर तीन दर्जनभन्दा बढी मानिसको ज्यान गएको हो ।

मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्ति समेत बन्द भएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ ।

मृतकका परिवारलाई ४/४ लाख भारुका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका अधिकांश स्थानमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन्‌ । बङ्गालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली जेठ १२ गते साँझ शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ११ : ०० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर