बैंककमा पर्यटन प्रवर्द्धन कार्यक्रम « Khabarhub

बैंककमा पर्यटन प्रवर्द्धन कार्यक्रम


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघसँगको संयुक्त आयोजनामा  बैंककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । 

त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे । नेपालले थाइ पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि  जनकको राजधानी  जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठा स्थलहरूको अवलोकनमा जान आग्रह  गरेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । 

नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृति प्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी गर्न चाहने हरेक वर्गका निम्ति  पर्यटकीय गन्तव्य हो भन्दै राजदूत ओलीले  धेरै लामो मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध भए पनि नेपाल र थाइल्याण्डबीच अझै धेरै अन्वेषण गर्न बाँकी रहेको बताए । 

साथै उनले दुवै देशका व्यवसायी समुदायबीच व्यापार सञ्जाल, साझेदारी विकास र सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक हरसम्भव सहयोग उपलब्ध गराउन दूतावास सधैँ तत्पर रहेको बताए । 

सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका र थाई नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष भितिदनान रोजानापानिचले नेपाल र हिमालयका बारेमा आफ्ना अनुभव सुनाएका थिए। 

‘एक्सपेरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’ शीर्षकमा भएको  उक्त कार्यक्रममा  नेपाल दूतावास र र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट २५ ट्राभल एण्ड टूर कम्पनी, थाइल्याण्डका ५० ट्राभल एण्ड टूर कम्पनी, नेपाल एयरलाइन्स, थाई एयरवेज र थाई लायन एयरका प्रतिनिधि, थाई सरकारका अधिकारी तथा व्यवसायी, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ र थाई–नेपाल सङ्घका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ४४ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको