कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो « Khabarhub

कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समुह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ ।

पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए ।

पानामाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको थियो । यस खेलमा दुवै देशका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । 

खेलको १८औं मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औँ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए ।

पानामाको यो जितपछि समुह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।

अब पानामाले आफ्नो समुह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ भने अमेरिकाले सोहि दिन उरुग्वेको सामना गर्ने छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ०५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर