देवघाटमा एक सय ४२ आयोजना सम्पन्न « Khabarhub

 देवघाटमा एक सय ४२ आयोजना सम्पन्न


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०-८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका इन्जिनियर तीर्थ ढुंगानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक छन् । वडा नं २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं १ गाउँपालिका प्रशासकीय भवन पूरा हुने चरणमा छ । 

इन्जिनियर ढुंगानाले १० शय्याको देवघाट आधारभूत अस्पताल भवनको पहिलो तलाको ढलान गरिएको जानकारी दिए। उनका अनुसार गाउँपालिकास्तरीय बजेटबाट बाटो कालोपत्र कार्यको सुरु गरिएको छ ।

 गाउँपालिकाअन्तर्गत रहेको सिच्याङ्गवैदी स्वास्थ्यचौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मतकार्य सम्पन्न गरिएको उनले बताए। त्यस्तै गाउँपालिकाभित्र १० किलोमिटर नयाँ ट्रयाक निर्माण र दुई सय ३० किलोमिटर सडक मर्मतसम्भार गरी यातायात सञ्चालन गरिएको उनले बताए। 

गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आरसिसी खानेपानी ट्याङ्की निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । उनका अनुसार रिस्तीखोला, देउतीखोलाचाँपखोलामा तीनवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । 

देवघाट–५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणका लागि डिपिआर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणकार्य भइरहेको जनाइएको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचना पुनःनिर्माण गरी सञ्चालनयोग्य बनाइएका छन् ।

गाउँपालिकाअन्तर्गत थप पाँचवटा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने घिनाटारबाट टाउनचोकसम्म मोटरबाटो कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यस्तै पिपलटारबाट मधुवन चोकसम्म र भुवनटारमा कालोपत्र गर्न थालिएको इन्जिनियर ढुंगानाले बताए ।

चालु आर्थिक वर्षमा पालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगमनमा ९९ वटा योजनाको अनुगमन गरी छवटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएको गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक भुवनसिंह गुरुङले राससलाई जानकारी दिए।

सिँचाइतर्फ वडा नं १ मा एउटा, वडा नं २ को खाल्टेफाँटमा तीनवटा, वडा नं ३ मा एउटा र वडा नं ५ मा चार गरी नौवटा योजना सम्पन्न भएका छन् । साथै दुई हजार पाँच सय मिटर पक्की सिँचाइ कुलो निर्माण भएको छ । सोलार प्रणालीबाट सञ्चालनमा रहेका दुईवटा लिफ्टिङ खानेपानी योजनामा समस्या भएपछि विद्युतीय माध्यमबाट तिनलाई कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, वडा नम्बर ५ मा तीनवटा डिपबोरिङ सम्पन्न हुने चरणमा रहेका र वडा नं ५ को झारखानीमा लिफ्टिङ सिँचाइ निर्माणाधीन छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नागरिकका विकास चाहना पूरा गर्ने अभियानमा आफूहरू क्रियाशील रहेको बताए । 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १० : ५३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था