दिल्लीको विमानस्थलमा टर्मिनल भवनको छत खस्यो, ६ जना घाइते « Khabarhub

दिल्लीको विमानस्थलमा टर्मिनल भवनको छत खस्यो, ६ जना घाइते


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ । आज बिहान परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो ।

जसमा केही मानिस पुरिएका थिए । घरको छानाबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।

घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र चेक इन काउन्टरहरू बन्द गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १२ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको