पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा « Khabarhub

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

कालीकोट– पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालिकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो ।

कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु  भएको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन केसीले बताए ।

उनले भने, ‘कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ ।’ कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको