साताको सेयर बजार : २१ अर्बको कारोबार हुँदा १६ अंकले घट्यो | Khabarhub Khabarhub

साताको सेयर बजार : २१ अर्बको कारोबार हुँदा १६ अंकले घट्यो


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह आउन सकेन । आगामी आर्थिक वर्षको मौद्रिक नीति पछि नेप्से सुधार हुने आस गरेका लगानीकर्ताले अहिले मौद्रिक नीति पर्खिरहेको देखिन्छ ।

आगामी मौद्रिक नीति कस्तो हुन्छ त्यसले नेप्सेको भविष्यलाई निर्धारण गर्ने लगानीकर्ताहरू बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो नआउने सार्वजनिक फोरममा बताएपछि पनि लगानीकर्ता झन् निराश भएका छन् ।

गभर्नर अधिकारीको भनाइले समेत नेप्सेलाई असर गरेको लगानीकर्ताको भनाई छ । अधिकारीले भनेको जस्तै मौद्रिक नीतिमा पनि नेप्सेलाई असर गर्ने खालको नीति आएमा शेयर बजार अझ घट्न सक्ने बजारका जानकार बताउने गरेका छन् ।

मौद्रिक नीति आउन एक महिना बाँकी भए पनि केही लगानीकर्ताले भने मौद्रिक नीति लक्षित लगानी गरेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखर बताउँछिन् । गभर्नरले मौद्रिक नीतिको विषयमा अभिव्यक्ति दिएकाले पनि बजार भने घटेको हुन सक्ने राधाको भनाई छ ।

असार मसान्त चालु आर्थिक वर्षको अन्त्य भएकाले कर दिने देखि हिसाब किताब क्लोज गर्ने दबाब पर्ने भएकाले पनि बजार घटेको शेयर लगानीकर्ता राजन लम्साल बताउँछन् । असार मसान्तमा सबैलाई पुँजी आवश्यक पर्ने भएकाले भएको शेयर बेचेर करहरू तिर्ने गरेकाले पनि बजार घटेको लम्सालको भनाई छ ।

‘अहिले बैंकले पनि नयाँ ऋण जारी गर्ने भन्दा रिकभरिमा लागेको छ’, लम्सालले भने, ‘यो महिना शेयर बजार यस्तै उस्तै हुन्छ, अर्को महिनाबाट बजार सुधार गर्छ ।’

यो सता ५ दिन कारोबार हुँदा नेप्से १६.३९ अंकले घट्दा औसतमा दैनिक ३.३७८ अंकले नेप्से घट्यो । गत साताको बिहीबार २०६८.३१ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा १६ अंकले घटेर २०५१.९२ विन्दुमा आयो । लामो समय देखि नेप्सेले २१०० को विन्दुलाई पार गर्न सकेको छैन ।

यो साता कारोबारको हिसाबले नेप्से राम्रो देखियो । मौद्रिक नीति लक्षित शेयर बुक गरेको बजारका जानकारहरू बताएका छन् । यो साता २१ अर्ब १७ करोड ९ लाख २ हजार रुपैयाँको कारोबार भएकोमा औसत दैनिक ४ अर्ब २३ करोड ४१ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । पुरा सातामा ४ करोड ३८ लाख १९ हजार १०८ कित्ता कारोबार भएकोमा औसत दैनिक ८७ लाख ६३ हजार ८२१ कित्ता शेयर कारोबार भयो । ५ दिनमा २ लाख ९१ हजार ४४४ पटक शेयर किनबेच भएकोमा दैनिक औसत ५८ हजार २६९ पटक शेयर किनबेच भयो ।

आइतबार

साताको पहिलो अर्थात् आइतबार नेप्से राताम्य भएको छ । फाइनान्समा उत्साह आउँदा अन्य समूहमा भने निराशा देखिएको छ ।

आइतबार नेप्से ५.३७ अंकले घट्दा नेप्से परिसूचक २०६२.९४ विन्दु कायम भएको छ । आइतबार ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक किनबेच भएको छ ।

फाइनान्स समूह १२८.५३ अंकले बढ्दा ७८ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । मूल्य बढेका कम्पनीहरूमा सकारात्मक सर्किट हान्नेमा पनि अधिकांश फाइनान्स र लघुवित्त रहेका छन् ।

आइतबार सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको शेयर मूल्य घट्दा लघुवित्त र म्युचल फण्डको मूल्य बढी घटेको छ । आइतबार होटल एण्ड टुरिजम समूह ५८.७४ अंकले घट्दा आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सोमबार

सोमबार नेप्से झिनो अंकले बढ्दा कारोबारमा भने उछाल आएको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ ।

नेप्से झिनो अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिन यता वित्त समूहमा झुमिएका लगानीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ ।

सोमबार नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ । लघुवित्तमा पनि आज लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित्त समूह आज ६१.७६ अंकले बढेको छ । सोमबार बढ्ने समूहमध्ये तेस्रो स्थानमा मात्र फाइनान्स समूह परेको छ । आज फाइनान्स ५२.३२ अंकले बढेको छ ।

सोमबार १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार

मंगलबार नेप्से ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । मंगलबार होटल एण्ड टुरिजम क्षेत्रमा आकर्षण देखिएको छ । मंगलबार टुरिजम क्षेत्र ५८.८१ अंकले बढेको छ ।

केही समय देखि बढ्दो ट्रेनमा हरेको फाइनान्स समूह भने मंगलबार सबैभन्दा बढी घटेको छ । मंगलबार एकै दिन फाइनान्स समूह ५४.२२ अंकले घटेको छ ।

मंगलबार ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ । मंगलबार ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर कारोबार हुँदा सबैभन्दा कम अन्य समूहको घटेको छ ।

मंगलबार ३१९ वटा कम्पनीको शेयर कारोबार हुँदा १५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार 
बुधबार नेप्से ११.६० अंकले घटेको थियो । नेप्से ०.५६ अंकले घट्दा परिसूचक २०६०.१६ विन्दु कायम भएको थियो । बुधबार ४ अर्ब २ करोड २० लाख ३२ हजार रुपैयाँ बराबरको ८१ लाख २६ हजार ८२९ कित्ता शेयर ५४ हजार ३१२ पटक किनबेच भएको थियो ।

बुधबार ४७ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बिहीबार

बिहीबार गिरावट आउँदा लगानीकर्ता सुरक्षिर मानिएको लगानी तर्फ लागेका छन् । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्दा अधिकांश लगानीकर्ता भने रिणपत्र(डिबेन्चर)मा लगानी गर्ने थालेका छन् ।

बिहीबार बढी अंकले बढ्नेमा सबैभन्दा धेरै डिबेन्चरको शेयर रहेको छ । नेप्से घट्दा फाइनान्स बढ्ने गरेकोमा आज भने नेपाल फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको छ ।

बिहीबार ४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा वाणिज्य बैंक, म्युचल फण्ड र अन्य समूहको शेयर मूल्य पनि बढेको छ । आज वाणिज्य बैंक ०.०९ अंकले, म्युचअल फण्ड ०.०१ अंकले र अन्य समूह १५.१० अंकले बढेको छ ।

बिहीबार १८८ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह बढी घटेको छ । बिहीबार लाइफ यन्स्योरेन्स समूह ९९.०१ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक २०५१.९२ अंकमा पुग्दा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ ।

बिहीबार शेयर मूल्य बढेको १० मध्ये ८ वटा डिभेन्चर रहेका छन् भने घट्नेमा हाइड्रो, म्युचअल फण्ड, फाइनान्स र लघुवित्त रहेका छन् ।
बिहीबार १० प्रतिशतले घटेको नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेपाल फायनान्सको २२ करोड ७६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी शेयर कित्ता हिमालयन पुनरबीमा कम्पनीको भएको छ । हिमालयको आज एकै दिन ४ लाख २ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ ।

बिहीबार ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५० हजार २८१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ०७ बजे

कामपाले सुरु गर्‍यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन

विश्वकप विजेता भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने

नयाँ दिल्ली । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

कञ्चनपुर – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री

सैपाल हिमालस्थित रानीसैनमा टेलिकमको सेवा सञ्चालन

काठमाडौं – नेपाल टेलिकमले सैपाल हिमालस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

मस्को – महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले