एसईई दिएका विकल : घरसँगै पहिरोले पुर्‍यो, पास भएको खुसी बाँड्न पाएनन् | Khabarhub Khabarhub

एसईई दिएका विकल : घरसँगै पहिरोले पुर्‍यो, पास भएको खुसी बाँड्न पाएनन्


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


157.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लमजुङको दोर्दी गाउँपालिका-९, धैरेनी सुनारटोलका १६ वर्षीय विकल सुनार एसईई परीक्षाको नतिजा कुरिरहेका थिए ।

तर जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका विकलले नतिजा हेर्नै पाएनन् । यही मंगलबार रातिको पहिरोले घर पुर्दा उनले ज्यान गुमाए ।

उनी बितेको २४ घण्टापछि बिहीबार एसईई परीक्षाको नतिजा आयो । जसमा उनले २.८० जीपीए ल्याएर उत्तीर्ण गरे । तर उनले आफू पास भएको खुसी बाँड्न पाएनन्, पहिरोले उनलाई सदाका लागि लगिसकेको छ ।

मंगलबार रातिको पहिरोले घर पुर्दा सुतेकै ठाउँमा १६ वर्षीय विकलको ज्यान गयो । पहिरोमा उनका दाजु १८ वर्षीय मिलन सुनार गम्भीर घाइते भए । दाजुभाइ सँगै सुतिरहेको अवस्थामा झरेको पहिरोले घरलाई सोहोर्दा उनीहरू घाइते भएका थिए ।

एसईई नतिजा आउने खबरसँगै प्रतिक्षामा रहेका उनले अब ११ पढ्न पाउने छैनन् । पहिरोसँगै विकलका सबै सपना विलाएका छन् ।

यो सामुदायिक विद्यालयले अन्यभन्दा अब्बल नतिजा पनि निकालेको छ । यस पटक एसईई दिएका ५१ मध्ये विकलसहित २३ जना उत्तीर्ण भएका छन् ।

जसमा ३.६ जीपीएभन्दा बढी १ जना, ३.२ जीपीए ४ जना र २.८ जीपीएसहित यो विद्यालयबाट १७ जना उत्तीर्ण भएका छन् । यीमध्ये विकल उच्च जीपीएसहित पाँचौँ स्थानमा रहँदै यो विद्यालयबाट उत्तीर्ण भएका थिए ।

पहिरोमा पुरिएर घाइते अवस्थामा मिलन र विकललाई उद्धार गरि अस्पताल लगियो । तर दाजु मिलन बाँचे, भाइ विकल सधैँलाई अस्ताए । विकललाई अस्पताल लाँदै गर्दा उनको प्राण गएको दोर्दी गाउँपालिका-९ वडाअध्यक्ष आशीष तामाङले बताए । मिलनको भने जिल्ला अस्पतालमा उपचार जारी छ ।

विकल बितिसकेको २४ घण्टापछि उनी २.८० जीपीए ल्याएर उत्तीर्ण भए । विकलको निधनको खबरले जनकल्याण मावि परिवार स्तब्ध छ ।

विकलकी आमा स्वास्थ्य स्वमय् सेविका हुन् । उनका बुवा किसान हुन् । बुवा रामकाजी सुनारले छोरालाई राम्रोसँग उच्च शिक्षा पढाउन बुनेको सपना तुहिएको छ ।

एकातिर कान्छो छोराको निधनको शोक छ भने अर्कातिर जेठा छोरा मिलनलाई बचाउने चुनौती उनलाई आइपरेको छ । मध्यराति परेको बज्रपातले सुनार परिवारमा सन्नाटा छाएको छ ।

वडाअध्यक्ष तामाङ सुनार परिवारलाई राहतका लागि कोसिसमा छन् । उनले जिल्ला सदरमुकामसम्म पुगेर राहतको पहल गरिरहेका छन् ।

लमजुङमा यो मनसुनमा बाढी पहिरोले ५ जनाको ज्यान गइसकेको छ । अझै पनि त्यहाँ बाढी पहिरोको उच्च जोखिम कायमै छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ४५ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको