संघीयता देशले धान्दैन, खारेज गरेर राजसंस्था फर्काउनुपर्छ : कमल थापा « Khabarhub

संघीयता देशले धान्दैन, खारेज गरेर राजसंस्था फर्काउनुपर्छ : कमल थापा


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक जोगाउन अहिले हिँडिरहेको मार्गचित्र परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘देशले अहिलेको ब्यवस्था र प्रणाली धान्न सक्दैन । यो व्यवस्था भ्रष्टतन्त्रमा रूपान्तरित भइसकेको छ’, नवप्रवेशीहरूका निमित्त शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले भने, ‘संघीयता देशले धान्दैन, खारेज गर्नुपर्छ, धर्मनिरपेक्षता हटाउनुपर्छ, हिन्दुराष्ट्र कायम गर्नुपर्छ ।’

देशको स्वाधीनताको रक्षाका लागि राजसंस्था आवश्यक भएको पनि थापाले बताए ।

विदेशी दबाब र प्रभाव बढाउन यो राज्य प्रणालीले काम गरेको भन्दै थापाले आत्मसर्पणवादी मानसिकताले देशको हित नहुने स्पष्ट पारे ।

राप्रपा नेपाल दूरदर्शी रुपमा अघि बढ्ने भन्दै उनले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरण गर्न सम्बर्द्धनवादको नीति अबलम्बन गर्ने बताए ।

धर्म, संस्कृति र मूल्य मान्यताको रक्षाको लागि पार्टी बलियो बनाउनुपर्ने भन्दै थापाले संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : १५ बजे

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र