डा. गोविन्द केसीको अनशन स्थगित « Khabarhub

डा. गोविन्द केसीको अनशन स्थगित


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. गोविन्द केसीले पूर्वनिर्धारित अनशन स्थगित गरेका छन् ।

आज शुक्रबार पत्रकार सम्मेलन गरी उनले शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका हुन् ।

‘सुभेच्छुकहरुको सल्लाह अनुसार सत्याग्रह आपततस् स्थगन गरि अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने कुरा जानकारी गराउन चाहन्छौं । ती मागहरु यथावत छन् । सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौँ भन्ने चेतावनी पनि दिन चाहन्छौं’ उनले भनेका छन् ।

दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै उनले न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै आएका छन् ।

न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको उनको आरोप छ । डा.केसीले मागहरु यथावत राख्दै अनशन स्थगित गरिएको बताएका हुन् ।

 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : ३२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल