भागबन्डा नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द « Khabarhub

भागबन्डा नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।

समितिले शुक्रबार सूचना प्रकाशन गर्दै बोर्डको अध्यक्ष नियुक्तिको लागि हालसम्म गरेका सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको छ ।

‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/३/१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको ब्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, समितिले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

२१ पुस २०८० मा तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले कार्यविधि तयार गरेर १६ फागुनमा आवेदन माग गरेको थियो ।

सोही मागको आधारमा फागुन ३० सम्ममा १९ जना आवेदकहरूले धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएका थिए । समितिले कार्यविधिअनुसार चैत २५ गते पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । समितिले सर्ट लिस्टमा नाम प्रकाशन गरेको लामो समयपछि आइतबारमात्रै उनीहरूलाई अन्तर्वार्ता र कार्य योजना प्रस्तुतीकरणको लागि बोलाएकोमा ३ जना भने २ पटकसम्म बोलाउँदा पनि सहभागी भएनन् ।

त्यसपछि समितिले ऐन र कार्यविधिको आधारमा कानून मन्त्रालय र महान्यायाधिवक्ता राय तथा सुझाव लिएको थियो । जसमा कानून मन्त्रालयले प्रक्रिया रोक्न नपर्ने अनौपचारिक सुझाव दिएको थियो भने महान्यायाधिवक्ता कार्यालयले भने ‘ऐन बमोजिम योग्यता पुगेका तीन भन्दा बढी संख्यामा समितिले सिफारिस गर्न समेत बाधा पर्ने देखिँदैन । साथै समितिले अध्यक्ष पदमा सिफारिस गर्दा कार्यविधि आफैँ निर्धारण गर्न सक्ने हुँदा उल्लिखित कानुनी व्यवस्थाअनुसार सिफारिस सम्बन्धी आवश्यक निर्णय गर्न सक्ने देखिएको राय प्रस्तुत गरिएको ब्यहोरा निर्णयअनुसार अनुरोध छ’, भनेर सुझाव दिएको थियो ।

पुस तेस्रो सातादेखि रिक्त धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति प्रक्रिया रोकिँदा ६२ लाखभन्दा बढी नागरिक सहभागी भएको सेयर बजारमा नकारात्मक प्रभाव पर्दै गएको धेरैले विश्लेषण गरेका छन् । केही व्यवसायी समूहले नयाँ स्टक एक्सचेन्ज प्राप्त गर्ने मनसायले आफ्नो व्यक्ति नियुक्ति गर्ने मनसायमा केन्द्रित हुँदा शेयर बजारको नियामक निकायले लामो समयदेखि अध्यक्ष नपाउने अवस्था सिर्जना हुन पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : ५४ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर