जब केपी ओलीले बोलिरहँदा माधव नेपालको खोजी भयो « Khabarhub

जब केपी ओलीले बोलिरहँदा माधव नेपालको खोजी भयो


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- जननेता एवम् नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्म जयन्तीको अवसरमा आज विविध कार्यक्रम गरिँदैछ ।

शुक्रबार मदन भण्डारी फाउन्डेशनले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ता थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।

प्रमुख वक्ताका रुपमा उपस्थित भएका ओलीलाई कार्यक्रमस्थलका सहभागीले माधवकुमार नेपालको नाम लिइदिएर तनाव दिए ।

उक्त कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको खोजी गरिएपछि ओली केहीबेर अलमलिए ।

ओलीले सम्बोधन गर्दैगर्दा दर्शक दीर्घाबाट अध्यक्ष नेपालको खोजी गरिएको थियो । नेपालको खोजी गरिएपछि अध्यक्ष ओली बोलिरहेका बेला केहीबेर रोकिए । उनले दर्शकतर्फ भइरहेको कुराकानी केहीबेर सुने ।

दर्शकतर्फको कुरा सुनिसकेपछि उनले राम्ररी बुझ्दै नबुझी जो कसैलाई कार्यक्रममा बोलाउन नहुने तर्क गरे । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल कार्यक्रममा आएपछि अनेक कुराको गुनासो सुनाउँदै रुवाबासी गर्ने गरेको जिकिर गरे ।

‘नबुझी कसैलाई पनि बोलाउन राम्रो हुँदैन । उहाँ (माधव नेपाल) सँग मैले धेरै पकट भेटेको छु’, उनले भने, ‘यहाँ आएपछि उहाँले आफ्नो गुनासो मात्रै सुनाउने, रूवाबासी गरेर कार्यक्रम नै चल्न दिनुहुन्न । किन बोलाउनू ?’

ओलीले कार्यक्रमलाई सम्बोधनका क्रममा मौका मिले जनताको बहुदलीय जनवाद भन्ने मौका नमिले होइन भन्ने प्रवृत्ति गलत रहेको बताए ।

‘जबजबारे ओठे भक्तिले मात्रै हुँदैन । आफ्नो स्वार्थ पूरा गर्न जबज होइन। मौका मिले जबजलाई कार्यक्रम मान्ने नमिले नमान्ने हुँदैन’, उनले भने, ‘अझै राम्रै मौका मिले सिद्धान्त हो, नभए हुन्न भन्ने हुँदैन । जबजमा हाम्रो निष्ठा स्वार्थी र मौकापरस्त हुनु हुँदैन । मदन भण्डारीले अघि सारेको जबजलाई कसरी छाड्ने भन्नेतिर जाने होइन । देशलाई अघि बढाउन मदन भण्डारीले नेकपा एमालेमार्फत जबज प्रतिपादन गर्नु भएको हो ।’

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : २६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी