राजेशपायल दुबई पुगे, उतैबाट बेलायत र क्यानाडा जाने « Khabarhub

राजेशपायल दुबई पुगे, उतैबाट बेलायत र क्यानाडा जाने


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईको दुबई सहरमा शनिबार हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन गायक राजेशपायल राई त्यसतर्फ गएका छन् ।

बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट दुबईका लागि उड्न पुगेका उनलाई मादक पदार्थ पिएर लफडा गरेपछि फर्काइएको थियो । तर उनी शुक्रबार फ्लाइ दुबईकै जहाजबाट त्यहाँ पुगेका हुन् ।

फ्लाई दुबई एयरलाइन्सको जहाजबाट उड्न लागेका राईलाई मादक पदार्थले मातेर लफडा गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो ।

अत्यधिक मदिरा पिएका उनले बोर्डिङ पास पनि गरिसकेर जहाजमा हल्ला गरेपछि फ्लाई दुबईका कर्मचारीले प्रहरीको जिम्मा लगाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) राजदत्त जोशीका अनुसार फ्लाई दुबईकै कर्मचारीले राईलाई जिम्मा लगाइदिएका थिए ।

उनी शनिबार बर दुबईमा आयोजना हुने ‘राजेशपायल राई लाइभ इन दुबई’मा प्रस्तुति दिन शुक्रबार बिहान त्यहाँ पुगेका हुन् ।

उनले राति १० बजेदेखि बिहान ४ बजेसम्म डिजेसहितको कार्यक्रममा करिब ३० वटा गीत गाउँदैछन् ।

दुबईको कार्यक्रम सकिएपछि उनी बेलायत र क्यानाडा जाने कार्यक्रम छ । उनी त्यहीँबाट बेलायत जाने छन् । उनले बेलायतमा सिसेक्पा तङ्नामको अवसरमा जुलाई १३ तारिखमा ‘राजेशपायल राई लाइभ कन्सर्ट’मा गाउने छन् । जुलाई २० मा क्यानाडामा हुने कार्यक्रमका लागि त्यहीँबाट उनी जानेछन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ५२ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर