बागमती प्रदेशसभा बैठक : विधेयक समितिमा पठाउन स्वीकृति « Khabarhub

बागमती प्रदेशसभा बैठक : विधेयक समितिमा पठाउन स्वीकृति


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकले उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश–२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।

यसअघि प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकी थिइन् ।

यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन प्रदेशसभामा पेस गरेका थिए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरे।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ०७ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ