मुस्ताङमा भारतीय लगानीमा गुम्बा विद्यालयको छात्राबास बन्ने, राजदूतले गरे शिलान्यास « Khabarhub

मुस्ताङमा भारतीय लगानीमा गुम्बा विद्यालयको छात्राबास बन्ने, राजदूतले गरे शिलान्यास


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवन शिल्यान्यास गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको शुक्रबार संयुक्त शिलान्यास गरे ।

‘नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको नेपाली रुपैयाँ ४ करोड १४ लाखको आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूसमेत उपस्थित थिए ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण भएको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका अध्यक्ष र दलका प्रतिनिधिले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न नयाँ भवन उपयोगी हुने बताइएको छ।

यसले शिक्षाको विकास र धार्मिक रेखदेखमा योगदान पुऱ्याउनुका साथै यस क्षेत्रका आफ्नै संस्कृति र परम्पराको संरक्षण गर्न मद्दत गर्ने भारतीय दूतावासले जनाएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।हालसम्म ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

यीमध्ये मुस्ताङका १७ वटा वटा परियोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ वटा परियोजना छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

त्यसमध्ये मुस्ताङलाई प्रदान गरिएको ११ वटा एम्बुलेन्स र ५ वटा स्कुल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरुप दिइएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : २० बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक