सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद « Khabarhub

सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाइनिज लाइटर बरामद गरेको छ। सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा बागमती नगरपालिका  १२ स्थित पूर्व पश्चिम राजमार्गमा वीरगन्जबाट जनकपुर तर्फ गइरहेको प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा गए राती चेकजाँच गर्दा मेड इन चाइना लेखिएको ६५० कार्टुन ग्याँस लाइटर बरामद गरेको हो।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठका अनुसार बरामद गरिएको उक्त लाइटरको बजार मूल्य ७४ लाख २४ १०० रुपैयाँ रहेको छ ।

लाइटरको प्रज्ञापन पत्र नभएको र सक्कल विल भर्पाई समेत नरहेकाले शङ्कास्पद देखिँदा लाइटर सहित ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया