महामन्त्री ढकाललाई रास्वपा सभापति लामिछानेले सोधे स्पष्टीकरण « Khabarhub

महामन्त्री ढकाललाई रास्वपा सभापति लामिछानेले सोधे स्पष्टीकरण


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


32.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको आन्तरिक कुरा मिडियामार्फत अनावश्यक प्रचारबाजी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् ।

उनले पार्टीको वर्तमान अवस्था र भविष्यबारेमा गम्भीर प्रश्न उठाउँदै प्रतिवेदन बुझाएको दुई दिनपछि शुक्रबार महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेका हुन् ।

महामन्त्री ढकालनिकट नेताहरूका अनुसार सभापति लामिछानेले देश दौडाहाका क्रममा तयार पारिएको प्रतिवेदन स्वभाविक भए पनि त्यसबारे अनावश्यक प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

प्रतिवेदनमा भएका कुराहरू ढकालले सुरूमै सञ्चारमाध्यममा फैल्याएको आरोप सभापति लामिछानेले लगाएका छन् ।

त्यही कुरा गलत भएको निष्कर्षसहित लामिछानेले ढकाललाई अनुशासन आयोगमार्फत स्पष्टीकरण पत्र काटेका हुन् ।

लामिछानेले पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपसमेत ढकाललाई लगाएको रास्वपा स्रोतले जनाएको छ ।

रास्वपाले इलाम २ मा भएको गत वैशाख १० को उपनिर्वाचनमा भोगेको नमिठो हारपछि ढकालको नेतृत्वमा नेताहरूलाई देशब्यापी अभियानमा उतारेको थियो ।

आफ्नो नाडी छाम्ने गरी रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएकामध्ये मुख्य नेता थिए महामन्त्री डा. ढकाल ।

देश दौडाहा सकेर आएपछि महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई दिएका थिए ।

गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन लामिछानेलाई बुझाएका थिए ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएपछि पार्टीभित्रै उनलाई कारबाहीको कुरा उठेको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ४१ बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो