स्लोभाकियामा रेल र बस ठोक्किँदा सातको मृत्यु | Khabarhub Khabarhub

स्लोभाकियामा रेल र बस ठोक्किँदा सातको मृत्यु


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ब्राटिस्लाभा – दक्षिणी स्लोभाकियामा बिहीबार रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सात जनाको मृत्यु र अन्य पाँच जना घाइते भएको उद्धारकर्मीहरूले बताएका छन् ।

दुर्घटना स्थानीय समयानुसार साँझ पाँच बजेपछि दक्षिण–पश्चिमी सहर नोभे जम्की नजिकै भएको सिटिके समाचार एजेन्सीले बताएको छ ।

रेलवेका प्रवक्ता भ्लादिमिरा बाहिलोभाका अनुसार युरोसिटी रेल प्रागबाट बुडापेस्टतर्फ गइरहेको थियो । स्लोभाक उद्धार सेवाले छ मृतकको अघिल्लो सङ्ख्यालाई अद्यावधिक गर्दै भनेको छ, “सात जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् ।”

उद्धार सेवाका प्रवक्ता पेट्रा क्लिमेसोभाले घाइतेहरूलाई ‘तत्काल चिकित्सकीय सहायता’ आवश्यक रहेको बताए ।

बाहिलोभाले रेलका चालक लोकोमोटिभमा आगो लागेका कारण जलेको बताए । उनले बाधाहरूले सुरक्षित र प्रकाश सङ्केतले सुसज्जित भएको रेलवे क्रसिङमा दुर्घटना भएको जानकारी दिए ।

गृहमन्त्री माटुस सुताज एस्टोकपछि दुर्घटनास्थलमा पुगेका थिए । उनले दुर्घटनाको कारण प्राविधिक वा मानवीय विफलता थियो भन्नेबारे स्पष्ट नभएको पत्रकारहरूलाई बताए ।

स्थानीय सञ्चारमाध्यमहरूले आकाशमा बाक्लो धुँवा उडिरहेको र आंशिकरूपमा आगो लागेको रेलका साथमा सामान बोकेका यात्रुहरूको भिडियो फुटेज प्रसारण गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : ०५ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित

दमौली– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज-३

झरीको वास्ता नगरी सहकारीपीडित आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नागरिकको दैनिकी कष्टकर बनेको छ । तर

मधेश प्रदेशमा ५५.७५ प्रतिशत बजेट खर्च, असारमा मात्रै ३०.२२ प्रतिशत

जनकपुरधाम–मधेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा कुल बजेटको ५५.७५ प्रतिशत

चीनद्वारा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु

एजेन्सी– चिनले शनिबार बालबालिकाका लागि हानिकारक मानिने सामग्री, भिडियो एप

बढ्दो ट्याटू मोह : जीवनभर असर !

काठमाडौं– साथीको लहलहैमा लागेर १९ वर्षीय किशोर सन्तोषले पाखुरामा ट्याटू