पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित « Khabarhub

पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कास्की – धान रोप्ने बेलामा नहर पहिरोले बगाएपछि पोखरा महानगरपालिका–१९ पुरुनचौरका कृषक चिन्तित बनेका छन् । सार्दीखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर स्थानीपाताल भन्ने ठाउँमा गत मङ्गलबार रातिको वर्षासँगै पहिरोले बगाएको थियो ।

पहिरोले बगाएपछि नहर पूर्ण रुपमा बन्द भएको छ । नहरमा पानी नआएपछि धान रोपाइँको तयारी गरेका कृषक निरास बनेका हुन् । पोखरा–१९ पुरुनचौरका स्थानीय इमानराज पौडेलले नहरबाट पानी नआउँदा साविक पुरुनचौरको वडा न ६, ७, ८ र ९ गरी चार वडाका सयौँ कृषकहरु धान रोपाइँबाट वञ्चित भएको बताउनुभयो । पुरुनचौरमा यसवर्ष आधाभन्दा बढी खेतमा रोपाइँ हुन बाँकी छ ।

सो सिँचाइ आयोजनाबाट तीन सय ५० हेक्टर जमिन सिँचित हुँदै आएको थियो । “धानको बीउ छिप्पिन लागिसकेको छ तर नहर नचल्दा पुरुनचौरको धान रोपाइँ हुने क्षेत्रका आधा जमिन पूरै सुक्खा हुने अवस्था छ ।” पौडेलले भने, “पुरानो कुलो सञ्चालनमा छैन । आकाशबाट पानी नपर्दा धान रोपार्इँ हुन सकेको छैन ।”

पहिरोले ३० मिटर नहर बगाएको छ । यस विषयमा स्थानीयवासीले पोखरा महानगरपालिका तथा प्रदेश सरकारसँग ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पहिरोले क्षति पुगेको नहरको स्थलगत अवलोकन गरेका छन् ।

स्थानीय कृषकहरुलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। मुख्यमन्त्रीले नहर पुनःनिर्माणका लागि प्रदेश सरकारले तुरुन्त काम अघि बढाउने बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश सरकारले कृषकले भोग्नुपरेको समस्या तुरुन्त समाधान गरिनेछ । हामीले छिटोभन्दा छिटो नहर मर्मत गरी पानी सुचारु गर्नेतर्फ लाग्ने छौँ । खेतीयोग्य जमिन बाँझो हुन दिनेछैनौँ ।”

सार्दीखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो । माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौरको जमिनमा सिँचाइ गरिँदै आएको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : २४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का