भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह « Khabarhub

भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दार्चुला – भारतको उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोलिने भएको हो ।

बाँध खोलेका बेला र खोलिएको केही घण्टा पश्चात महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।

एनएचपीसी लिमिटेड, धौलिगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलासयमा पानीको प्रवाह वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी वारपार नगर्न पनि आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलिगङ्गा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतले महाकाली तटीय क्षेत्रका जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने गरेको छ ।

विसं २०७० असार २ र ३ गते दुई सय ८० मेगावाट क्षमताको धौलीगङ्गाको बाँध एक्कासी खोल्दा दार्चुला सदरमुकाम खलङ्गामा करोडौँ रुपैयाँको क्षति भएको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : ५८ बजे

एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको

टी-२० महिला क्रिकेट : मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौं– मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

नयाँदिल्ली– भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा