ग्लोबल टी-२० : कप्तान पौडेल सहभागी टोरोन्टोको लगातार दोस्रो जित « Khabarhub

ग्लोबल टी-२० : कप्तान पौडेल सहभागी टोरोन्टोको लगातार दोस्रो जित


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल टी-२० क्यानडा लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सहभागी टिम टोरोन्टो नेसनल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा टोरोन्टोले ब्रैम्प्टन वुल्सलाई ८ विकेटले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको वुल्सले १९.१ ओभर खेल्दा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। वुल्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा रोमारियो शेफर्ड र जेसन बेहरेन्डोर्फले समान दुईदुई विकेट लिए।

टोरोन्टोले १११ रनको लक्ष्य १३.२ ओभरमा भेट्टाएको हो। उसका लागि उन्मुक्त चन्दले अर्धशतक प्रहार गरे। ४० बलको सामना गरेका उनले आठ चौका र एक छक्काको मद्दतमा नटआउट ५३ रन जोडेका हुन्।

रसिभ भानले २५ रन बनाउँदा कप्तान कोलिन मुनरोले ११ रन जोड्दा निकोलस किर्टनले नटआउट ६ रन बनाए। प्लेइङ-११ मा रहेका नेपालका कप्तान पौडेलले भने ब्याटिङ गर्नु परेन। यो जितसँगै रोहितको टीम चार अंकसहित शीर्ष स्थानमा छ।

त्यस्तै नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले भने लगातार दोस्रो हार खाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ०२ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै