सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी « Khabarhub

सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले विजयी सुरुवात गरेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले पहिलो खेलमा ४३ रनको जित निकालेको हो।

शनिबार राति श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर श्रीलंकाले सुरुमा फिल्ड रोज्दै भारतलाई ब्याटिङको निम्तो दिएको थियो।

सुरुमा ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ११३ रन बनायो। उसका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए। ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके। ३३ बल खेलेका पन्त ४९ रनमा आउट भएका हुन्।

भारतका ओपनर यशस्वी जैसवालले ४० रन बनाउन शुभमन गिलले ३४ रन जोडे। भारतले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा श्रीलंकालाई २१४ रनको चुनौती दिएको हो।

भारतविरुद्ध कसिलो बलिङ गरेका श्रीलंकाका माथीशा पाथिरानाले चार विकेट हात पारे। चार ओभर बलिङ गर्दा उनले ४० रन खर्चिए। वानिन्दु हसरंगा, असिथा फर्नान्डो र दिलशान मदुशंकाले एकएक विकेट हात पारे।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको लागि पथुम निसानकाले शानदार अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले सात चौका र चार छक्काको सहयोगमा ७९ रन प्रहार गरे। कुसल मेन्डिसले ४५ बनाउँदा कुसल परेरा २० र कामिन्दु मेन्डिस १२ रनमा आउट भए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सुरुमा आक्रामक ब्याटिङ गरेको श्रीलंकाको पछिल्लोक्रममा कमजोर देखिएको थियो।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रियान परागले तीन विकेट लिँदा अक्षर पट्टेल र आर्शदीप सिंहले समान दुईदुई विकेट हात पारे। भारतका बलरसामू श्रीलंकाको मध्यक्रम टिक्न नक्दा १९.२ ओभरमा सबै विकेट गुमाउँदै श्रीलंका १७० रनमा समेटिएको हो। सिरिज अन्तर्गतको दोस्रो खेल आइतबार साँझ ७ः१५ मा हुँदैछ।

गौतम गाम्भीर मुख्य प्रशिक्षक भएपछि भारतले उनको उपस्थितिमा सिरिज सुरु गरेको हो। भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका छन्। यो सिरिजलाई प्रशिक्षक गम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४१ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण