गोलान हाइट्सको फुटबल मैदानमा रकेट आक्रमण, १२ बालबालिकाको मृत्यु « Khabarhub

गोलान हाइट्सको फुटबल मैदानमा रकेट आक्रमण, १२ बालबालिकाको मृत्यु


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा फुटबल खेलिरहेका १२ बालबालिकाको मृत्यु भएको छ ।

फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ ।

इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार गरेको जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ ।

गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १२ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया