उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह « Khabarhub

उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । 

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज उद्‌घाटन गर्दै मुख्यमन्त्री सिंहले भने –’मैले व्यवसायीहरुका  समस्या बुझेको छु, उनीहरूलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ । करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ ।’

मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए । धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ थियो । 

मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे । 

‘व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ’, मुख्यमन्त्री सिंहले भने। उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १२ : ४८ बजे

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको