रास्वपाको आरोप- नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई मन्त्री बनाएर जोगाइयो « Khabarhub

रास्वपाको आरोप- नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई मन्त्री बनाएर जोगाइयो


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेस सांसद डा. आरजु राणा देउवालाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले आरजुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको व्यक्ति भन्दै मन्त्री बनाएर गलत भएको जिकिर गरे।

उनल उक्त प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई नयाँ सत्ता गठबन्धनले प्रतिशोध साँध्न सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् ।

पराजुलीले सरकारको व्यवहारका कारण यो सत्ता समीकरण के र कसका लागि बनेको भन्ने पुष्टि भएको बताए । शरणार्थी प्रकरण सामसुम पार्न डीआईजी मनोज केसीलाई हतार हतार सरुवा गरिएको उनको जिकिर छ ।

‘एउटा घटनाक्रमले हामी सबैको ध्यानाकर्षण भएको छ । विश्व जगतमा नेपालीले शीर झुकाउनुपर्ने गरि भएको एउटा यस्तो भ्रष्टाचारकाण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठायो’, उनले भने, ‘त्यो भ्रष्टाचारको घटनामा सबैभन्दा ठूला दलका व्यक्ति जोडिनुभएको छ । अझै भन्नुपर्दा त्यो काण्डमा जोडिएका नेता यही सदनमा र सरकारको मन्त्री बनेका छन् ।’

भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डीआईजी मनोज केसीलाई सरुवा गरिएकोमा उनले आपत्ति जनाए ।

‘शरणार्थी काण्डमा मुछिएकालाई मन्त्री पदबाट पुरस्कृत गर्दा छानबिन गर्ने अधिृकतलाई सरुवा गरेर दण्ड दिइयो । यसबारे सरकारले जवाफ दिनुपर्छ’ उनले भने।

केसीको सरुवा दुई महिना नपुग्दै सरुवा भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डीआईजी राजन अधिकारीलाई लगिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : २९ बजे

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै