रास्वपाको आरोप- नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई मन्त्री बनाएर जोगाइयो « Khabarhub

रास्वपाको आरोप- नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई मन्त्री बनाएर जोगाइयो


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कांग्रेस सांसद डा. आरजु राणा देउवालाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले आरजुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको व्यक्ति भन्दै मन्त्री बनाएर गलत भएको जिकिर गरे।

उनल उक्त प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई नयाँ सत्ता गठबन्धनले प्रतिशोध साँध्न सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् ।

पराजुलीले सरकारको व्यवहारका कारण यो सत्ता समीकरण के र कसका लागि बनेको भन्ने पुष्टि भएको बताए । शरणार्थी प्रकरण सामसुम पार्न डीआईजी मनोज केसीलाई हतार हतार सरुवा गरिएको उनको जिकिर छ ।

‘एउटा घटनाक्रमले हामी सबैको ध्यानाकर्षण भएको छ । विश्व जगतमा नेपालीले शीर झुकाउनुपर्ने गरि भएको एउटा यस्तो भ्रष्टाचारकाण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठायो’, उनले भने, ‘त्यो भ्रष्टाचारको घटनामा सबैभन्दा ठूला दलका व्यक्ति जोडिनुभएको छ । अझै भन्नुपर्दा त्यो काण्डमा जोडिएका नेता यही सदनमा र सरकारको मन्त्री बनेका छन् ।’

भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डीआईजी मनोज केसीलाई सरुवा गरिएकोमा उनले आपत्ति जनाए ।

‘शरणार्थी काण्डमा मुछिएकालाई मन्त्री पदबाट पुरस्कृत गर्दा छानबिन गर्ने अधिृकतलाई सरुवा गरेर दण्ड दिइयो । यसबारे सरकारले जवाफ दिनुपर्छ’ उनले भने।

केसीको सरुवा दुई महिना नपुग्दै सरुवा भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डीआईजी राजन अधिकारीलाई लगिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : २९ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा