२७०० क्रस भएर २६८१ मा बन्द भयो नेप्से, बैंकिङ समूहमा उछाल  « Khabarhub

२७०० क्रस भएर २६८१ मा बन्द भयो नेप्से, बैंकिङ समूहमा उछाल 


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज –(नेप्से)ले २७०० को विन्दु पार गरेको छ । नेप्सेले आज कारोबार सुरु भएको १ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेर २० मिनेटका लागि बजार बन्द भएको थियो भने दोस्रो पटक कारोबारमा आएको पुनः १ मिनेटमा दोस्रो सर्किट लागेर बन्द भएको थियो । 

आज शेयर बजारमा उछाल आउँदा वाणिज्य बैंकिङ समूहमा पनि उछाल आएको छ । स्टान्डर्ड चार्टर्स बैंक बाहेक १९ वटा बैंकमा सकारात्मक सर्किट लागेको छ । समग्रमा पुरा बैंकिङ समूह ९.८९ प्रतिशतले बढेको छ । लामो समय देखि वाणिज्य बैंकको शेयरले राम्रो प्रफमेन्स गर्न नसकि रहेको अवस्थामा आज वाणिज्य बैंक समूह १४१.७६ अंकले बढेर १५७४.३४ विन्दुमा पुगेको छ । 

नेपाल राष्ट्र बेंकले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले बैंकलाई लक्षित राम्रो नीतिहरू लिएको थियो । त्यसले गर्दा पनि आज बैंकिङ समूहमा उछाल आएको हो । मौद्रिक नीतिमा संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोडको क्याप हटेको छ । 

विशेष गरेर संस्थागत लगानीकर्ताले वित्तीय अवस्था राम्रो भएको कम्पनीमा लगानी गर्ने गरेका छन् । त्यसमा बैंक पर्ने गरेका कारण आज सबै बैंकमा उछाल आएको हो । 

२७०० विन्दुमा पुगेको नेप्से बजार बन्द हुँदा ४.४१ प्रतिशतले बढेर २६८१.५६ विन्दुमा पुगेको छ । आज नेप्से ११३.४२ अंकले बढ्दा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३१८ वटा कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटक किनबेच भएको छ । आज १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्य बढ्दा लघुवित्त समूह भने घटेको छ । लघुवित्त समूह १०.०६ अंकले घटेर ५५६१.०७ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी बढ्ने समूहमा बैंकिङ र विकास बैंक नै रहेका छन् । विकास बैंक समूह पनि आज ४.८७ प्रतिशतले बढेर ५२९१.७१ विन्दुमा पुगेको छ । 

आज २१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एउटा कम्पनीको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कुमारी बैंकको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : २१ बजे

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड