सौर्य एयरको विमान दुर्घटनाबारे अध्ययन सुरु भइसकेको छ : मन्त्री पाण्डे « Khabarhub

सौर्य एयरको विमान दुर्घटनाबारे अध्ययन सुरु भइसकेको छ : मन्त्री पाण्डे

ज्यान गुमाएका परिवारलाई रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरको विमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले अध्ययन सुरु गरिसकेको जानकारी दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले जहाज दुर्घटना भएपछि सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको र आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षणका साथै ककपिट भ्वाइस रेकर्डरको समेत अध्ययन सुरु गरिसकेको जानकारी दिए ।

दुर्घटनामा परेका १७ जना नेपालीको शव सम्बन्धित परिवारलाई बुझाइसकेको उल्लेख गर्दै उनले एक विदेशी नागरिकको शव बुझाउने प्रक्रिया सुरु भइसकेको बताए । दुर्घटनापछि मृतकका परिवारलाई बिमा लगायतका क्षतिपूर्ति दिन सौर्य एयरलाई निर्देशन दिइसकेको उनले बताए ।

त्यस्तै उनले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सम्भव भएसम्म रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता सम्बन्धित एयरलाइन्सले जनाएको उल्लेख गरे ।

मन्त्री पाण्डेले हाल नेपालमा आन्तरिक उडानका यात्रा गर्ने यात्रुको दुर्घटना विमान २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन आन्तरिक उडानका लागि बिमा व्यवस्था गर्ने विधेयक तर्जुमाका लागि कार्य अघि बढिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : ३६ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान