डीआईजी केसीको सरुवामा रास्वपापछि राप्रपाले पनि घेर्‍यो सरकारलाई « Khabarhub

डीआईजी केसीको सरुवामा रास्वपापछि राप्रपाले पनि घेर्‍यो सरकारलाई


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत डीआईजी मनोज केसीको दुई महिनामै भएको सरुवालाई लिएर एकपछि अर्को विपक्षी दलले सरकारलाई घेरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल र गणेश पराजुलीसहितले यस प्रकरणमा कांग्रेस-एमाले गठबन्धन सरकारलाई घेरेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मोर्चा सम्हालेको हो ।

राप्रपा सांसद धवल शमशेर जबराले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डीआईजी केसीको २ महिनामा नै सरुवा गरिएकोबारे सरकारसँग जवाफ मागेका हुन् ।

बल्लबल्ल केही व्यक्तिहरूलई कानूनी कठघरामा ल्याइरहेको अवस्थामा २ महिनामै सरुवा गर्नुको रहस्य उनले सरकारसँग मागेका हुन् ।

‘गृहमन्त्रीज्यूले यसबारेमा जवाफ दिनुपर्यो । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भनेर प्रधानमन्त्रीज्यूले यही सदनमा भन्नु भएको छ’, उनले भने, ‘यसबारे हामी विपक्षी बेञ्चबाट गम्भीर भएर हेरिरहेका छौँ । हामी सांसदहरू ‘वाचडग’का रुपमा सदनमा छौँ । यसबारे सरकारले गम्भीर भएर सोचोस् ।’

सरकारले दुई दिनअघि डीआईजी केसीलाई सरुवा गरेको थियो । केसीको नेतृत्वमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झालाई पक्राउ गरिएको थियो । गृहमन्त्रालयले केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको स्थानमा अर्का डीआईजी राजन अधिकारी आएका छन् ।

पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि उनकै कमान्डमा समातिएको थियो । झा र थापा पक्राउ परिसकेपछि देशको सत्ता समीकरण पनि फेरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ३२ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा