साना दललाई बोकेर प्रगति नभएपछि कांग्रेस-एमाले मिल्यौँ : शेखर कोइराला « Khabarhub

साना दललाई बोकेर प्रगति नभएपछि कांग्रेस-एमाले मिल्यौँ : शेखर कोइराला


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था ल्याउन, लगानीको वातावरण बनाउन र रोजगारी बढाउन सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिल्नुपरेको उनको तर्क छ ।

संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको उनले बताए । हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासायी बनाएको उनको तर्क छ ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समितिको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘केवल सत्ता टिकाउन सधैँ साना-साना २/४ सिटका दललाई बोकेर हिँडदा नेपालले प्रगति गर्न सकेन भन्ने लागेर मैले केही समयदेखि संसद्का पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्ने कुरा उठाएको हुँ ।’

कांग्रेस–एमाले गठबन्धन सरकारलाई कहीँकतै गल्ती गर्ने छुट नभएको उनले बताए । नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर लैजाने बताए । ‘कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ’, उनले अगाडि भने ।

कोइरालाले निरंकुशताविरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठूलो गुन लगाएको बताए ।

‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन, सम्पूर्ण नेपालीले दिनु भएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दछु’, उनले भने।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : १३ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको