साना दललाई बोकेर प्रगति नभएपछि कांग्रेस-एमाले मिल्यौँ : शेखर कोइराला « Khabarhub

साना दललाई बोकेर प्रगति नभएपछि कांग्रेस-एमाले मिल्यौँ : शेखर कोइराला


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था ल्याउन, लगानीको वातावरण बनाउन र रोजगारी बढाउन सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिल्नुपरेको उनको तर्क छ ।

संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको उनले बताए । हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासायी बनाएको उनको तर्क छ ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समितिको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘केवल सत्ता टिकाउन सधैँ साना-साना २/४ सिटका दललाई बोकेर हिँडदा नेपालले प्रगति गर्न सकेन भन्ने लागेर मैले केही समयदेखि संसद्का पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्ने कुरा उठाएको हुँ ।’

कांग्रेस–एमाले गठबन्धन सरकारलाई कहीँकतै गल्ती गर्ने छुट नभएको उनले बताए । नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर लैजाने बताए । ‘कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ’, उनले अगाडि भने ।

कोइरालाले निरंकुशताविरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठूलो गुन लगाएको बताए ।

‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन, सम्पूर्ण नेपालीले दिनु भएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दछु’, उनले भने।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : १३ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले