नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन हो : माओवादी « Khabarhub

नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन हो : माओवादी


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा  केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन भएको देखिएको भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।

उनले अहिलेको संविधान मुलुकको विकास र समृद्धिका लागि बाधक नभएकाले देशको दिगो विकासका लागि संविधानलाई नै टेकेर अघि बढ्नुपर्ने धारणा राखे ।

बिचौलियाहरूको चलखेलमा अनावश्यक संरचनाहरू बनाउने कामले देशको विकास गर्न नसक्ने भन्दै उनले समग्र देशको विकासको मोडलको बारेमा छलफल आवश्यक रहेको उल्लेख गरे ।

उनले यसअघिको सरकारले अघि सारेका सुशासनका मुद्दाहरूलाई निरन्तरता दिनुपर्ने र भ्रष्टाचार अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : २२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको