जसपा नेपालका अध्यक्ष यादव आज राति फिलिपिन्स जाँदै « Khabarhub

जसपा नेपालका अध्यक्ष यादव आज राति फिलिपिन्स जाँदै


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार फिलिपिन्सको मनिला जाँदैछन् ।

एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ जान लागेका हुन् ।

मलेसिया एयरलाइन्सको विमानबाट आइतबार राति ११ः३० बजे मनिला जान लागेका अध्यक्ष यादवसँगै जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा पनि सहभागी रहनेछन् ।

अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ बिषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ३० जुलाईका दिन विदेश विभाग प्रमुख अर्जुन थापाले सम्बोधन गर्ने छन् ।

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी हुँदैछन् । जुलाई २९ मा उद्घाटन हुने उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ ।

त्यसैगरी, अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी हुनेछन् ।

जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया