'देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक' | Khabarhub Khabarhub

‘देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक’


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् ।

एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आज उनले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याएको जिकिरसमेत गरे ।  

महासचिव पोखरेलले संसद्का दुई ठूला पार्टी एमाले र नेपाली कांग्रेस सरकार बनाउने उद्देश्यले मात्र नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट पारे । 

‘नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो होइन, नेपाली कांग्रेसकम्युनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन हो । यो परिवर्तन र सफलतापछि हामीले उचित व्यवस्थापन गर्न सकेनौँ । नीतिगत नेतृत्व प्रदान गर्न नसक्दा सधैँ अस्थिरता उत्पन्न भइरह्यो । त्यसकारण अब नयाँ योजना र सोचका साथ अगाडि बढ्न जरूरी छ । त्यसका लागि हामी एक ठाउँमा आएका छौँ’, उनले भने ।  

यसैगरी उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद ९जबज० नै रहेकाले जबजको औचित्य समाप्त भयो भन्नु गलत हुने टिप्पणी गरे ।

राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्न तीन वटा विशेष अवधि पार गर्नुपर्नेबारे जबजले भनेको उल्लेख गर्दै उनले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउँछ भने ।

प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाइपी आचार्य, प्रा डा तत्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेललगायत विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए । 

पाँच दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारी सहभागी छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ४४ बजे

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता