‘देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक’ « Khabarhub

‘देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक’


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् ।

एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आज उनले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याएको जिकिरसमेत गरे ।  

महासचिव पोखरेलले संसद्का दुई ठूला पार्टी एमाले र नेपाली कांग्रेस सरकार बनाउने उद्देश्यले मात्र नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट पारे । 

‘नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो होइन, नेपाली कांग्रेसकम्युनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन हो । यो परिवर्तन र सफलतापछि हामीले उचित व्यवस्थापन गर्न सकेनौँ । नीतिगत नेतृत्व प्रदान गर्न नसक्दा सधैँ अस्थिरता उत्पन्न भइरह्यो । त्यसकारण अब नयाँ योजना र सोचका साथ अगाडि बढ्न जरूरी छ । त्यसका लागि हामी एक ठाउँमा आएका छौँ’, उनले भने ।  

यसैगरी उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद ९जबज० नै रहेकाले जबजको औचित्य समाप्त भयो भन्नु गलत हुने टिप्पणी गरे ।

राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्न तीन वटा विशेष अवधि पार गर्नुपर्नेबारे जबजले भनेको उल्लेख गर्दै उनले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउँछ भने ।

प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाइपी आचार्य, प्रा डा तत्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेललगायत विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए । 

पाँच दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारी सहभागी छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ४४ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित