अवसरको खोजीमा शहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी « Khabarhub

अवसरको खोजीमा शहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

बागलुङ – काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र बस्तीमा पुग्न पाए हुन्थ्यो सोच्छन् । यी ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा रहेका तिब्बतीयन शरणार्थी बस्ती हुन् ।

दशकौँ अगाडि तिब्बतबाट आएका शरणार्थी अहिले पनि ढोरपाटनमा बसोबास गर्दै आएका छन् तर यहाँ पहिलेको जस्तो चहलपहल छैन । बस्ती सुनसानजस्तै छन् । शरणार्थीले ढोरपाटन छोड्दै गएका छन् । यहाँ रहेका ठूला–ठूला घर तथा भवन पनि जीर्ण बन्दै छन् ।

विगतमा विभिन्न समस्यासँग जुधेर पनि यहाँका बस्तीमै रमाइरहने शरणार्थी अचेल भने अवसरको खोजीमा सहर पस्न थालेका छन् । त्यसैले केही वर्षयता ढोरपाटनमा उनीहरूको सङ्ख्या कम हुँदै गएको छ । खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका शरणार्थी अहिले व्यापार व्यवसायसँगै रोजगारीको खोजीमा काठमाडौँ, पोखरालगायतका सहर जान थालेका छन् । जसले गर्दा यहाँका बस्ती पातलिँदै गएका हुन् ।

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले धेरैजसो शरणार्थी पोखरा र काठमाडौं सरेको र अहिले बुढापाका मात्रै बस्तीमा रहेको सुनाए। ढोरपाटनमा पहिले करिब डेढ सय परिवार रहेकोमा अहिले २० घरका करिब ४० जना मात्रै बसोबास गरिरहेका उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङकानुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम छ । आव २०७८/७९ मा ५६ जना, २०७९/८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले मात्र परिचयपत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

हरेक वर्ष चैत मसान्तमा शरणार्थीको परिचयपत्र नवीकरण हुने गर्छ । कोहीले वर्षैपिच्छे र केहीले दुई वर्षमा एकपटक नवीकरढा गर्ने गरेको बरालको भनाइ छ ।

“विसं २०५२ पछि नयाँ पुस्ताले परिचयपत्र पाएका छैनन् । पछिल्लो समय शरणार्थीहरू विदेशीन थालेका र शरणार्थी महिलाले नेपालीसँग विवाह गरेर नेपाली नागरिकता पाउने भएकाले पनि परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या कम हुँदै गएको छ”, सहायक प्रजिअ बराल भन्छन् “त्यसैगरी२९ वर्षेदेखि नयाँ परिचयपत्र वितरण भएको छैन । धेरैजसो देशबाहिर जान थालेकाले पनि बर्सेनि परिचयपत्र बनाउनेको सङ्ख्या घट्दै गएको छ ।”

आफू ढोरपाटन मै जन्मिएको बताउने चालिस वर्षीया शरणार्थी भुदीले आफ्ना बुवा र हजुरबुवा विसं २०१८ मा ढोरपाटनमा आएको बताए । यही जन्मेर र यही हुर्किंदा पनि शरणार्थीका समस्या समाधान नभएका उनको गुनासो छ । परिचयपत्रले मोबाइलको सिम कार्ड निकाल्न, बैंक खाता खोल्न, कारोबारदेखि अन्य सरकारी काम गर्न समस्या रहेको भुदीले सुनाए ।

“बच्चाहरू स्कूल पढ्छन, ठूलो भएर विदेश जान खोजे पनि समस्या छ । बैंकमा खाता खोलौँ भने पनि मिल्दैन । कसैले पैसा पठाउन चाहेमा छिमेकी नेपालीको खातामा पठाउन लगाउनुपर्छ । शरणार्थी त थियौँ नै अरूमा आश्रित हुनुपरेकाले थप समस्या भएको छ”, उनले दुःखेसो व्यक्त गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ११ बजे

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो

गाँठो पार्ने हात, सास्ती भोग्ने दाँत

एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ – हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत