भत्ताको रकम लुट्न ७५ वर्षीया वृद्धाको खुकुरी प्रहार गरी हत्या « Khabarhub

भत्ताको रकम लुट्न ७५ वर्षीया वृद्धाको खुकुरी प्रहार गरी हत्या


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिका– ६ लापिलाङमा एक वृद्धाको हत्या भएको छ । घरमा एक्लै बस्दै आएकी लापिलाङको पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्धभत्ताबापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार सोही गाउँपालिका वडा नम्बर ४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले रकम लुट्नकै लागि वृद्धाको खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

उनले साउन ९ गते राति मृतककै घरमा बास बसेर राति खुकुरी प्रहार गरी हत्या गरेको डिएसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । साउन ११ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

हत्यापछि फरार रहेका उनलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

कार्की वैदेशिक रोजगारीमा दुबई जान परीक्षा दिई काठमाडौंबाट घर फर्कने क्रममा सुनुवारको घरमा वास बसेका थिए। वृद्धा कार्कीलाई भान्साकोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुतेकी थिइन्।

कार्कीले राति आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : २४ बजे

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदुरको गाँस खोसिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

देउखुरी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ

‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’

काठमाडौं– नेतृत्व परिवर्तन गरेर आएको कांग्रेस नै नयाँ पार्टी भएको