देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक : शंकर पोखरेल « Khabarhub

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक : शंकर पोखरेल


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक पार्टी आवश्यक रहेको बताएका छन् ।

एमाले प्रवेश गरेका नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापालाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै पोखरेलले धेरै पार्टी हुँदा कुनै पनि एउटा दललाई बहुमत प्राप्त नहुने र देश अस्थिरता तर्फ जाने बताएका हुन् । देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न र देशमा नै अवसर सिर्जना गर्न धेरै पार्टी होइन बलिया पार्टी चाहिएको बताए ।

एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्न सबै राष्ट्रवादी र प्रगतिशील शक्तिलाई एमालेमा समावेश गर्नुपर्नेमा उनले जोड दिए । साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी २०८४ को निर्वाचनमा एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने अवस्थामा पुर्‍याउने गरी लाग्नु पर्ने उनको भनाइ छ ।

पोखरेलले ६÷६ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने बताए । त्यसैले देशमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनको धारणा छ ।
राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबिच प्रतिस्पर्धाको वातावरण बनाउनु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ०८ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको