भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते « Khabarhub

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिँदा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जिव थापामगरको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपालञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको कार्कीले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ३२ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा