आज २०८१ साल भदौ १२ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल भदौ १२ गते बुधबारको राशिफल


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १२ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २८ तारिख। भाद्र कृष्ण पक्षको दशमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धन आर्जन गर्ने दिन छ। लगानीका क्षेत्रमध्ये कृषिमा फाइदा हुनेछ। फलफूल र दूधको व्यापारमा नाफा हुनेछ। राज्यको सेवामा भए बढुवा हुनेछ। राजनीतिमा नियुक्तिको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृष : नयाँ साथीसँग भेट हुनेछ। राम्रो समाचार सुन्ने अवसर जुट्नेछ। राजनीतिमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको सल्लाहमा गरेको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ।

मिथुन : मिठो खानपानको अवसर मिल्नेछ। परिवारसँगको यात्रा रमाइलो बन्नेछ। वैदेशिक क्षेत्रमा भने विवाद हुनेछ। गुम्न लागेको धन हात लाग्ने सम्भावना देखिन्छ। नजिकैको साथीबाट असहयोग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कट : तपाईंको सम्पत्ति देखेर जल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। भएको सम्पत्ति जोगाउनु राम्रो हुनेछ। आज ठुलो उद्योगको सुरुवात नगर्नु राम्रो हुनेछ। कठिन परिस्थितिमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : सानो नाफामा चित्त बुझाउनु भन्दा ठूलो कामको सुरुवात गर्नु राम्रो हुनेछ। ग्रह अनुकल छन्। राजनीतिमा तपाईंले विशिष्ट जिम्मेवारी पाउने योग छ। समाजसेवा र परोपकारको अवसर मिल्नेछ। परिवारबाट ठुलो सहयोग प्राप्त हुनेछ।

कन्या : बौद्धिक क्षेत्रमा लगानी गरेको भए राम्रो उन्नति हुनेछ। स्वास्थ्यको क्षेत्रमा लाभ हुनेछ। सम्पत्तिका पछाडि लाग्दा परम्परा र संस्कार छायामा पर्ने खतरा देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने योग देखिन्छ।

तुला : दिन सामान्य छ। दैनिक काममा बाधा र अड्चन देखिन्छन्। राज्यमा भएका विसंगतीको जालो तोड्दै राजनीतिमा खरो रुपमा प्रतिकार गर्नुपर्छ। राजनीतिक क्षेत्रमा प्रभाव देखाएर नाम र दाम कमाउने दिन छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दैनिक काम भन्दा बाहिर गएर अगाडि बढे विरोधका स्वर सुन्नुपर्ने हुनसक्छ। कमाउने भन्दा भएको जोगाउने दिन हो। आफन्त टाढिने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारको सहयोग निरन्तर मिल्नेछ।

धनु : वैदेशिक क्षेत्रको लगानीको क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक क्षेत्रबाट तपाईंको पक्षमा न्याय हुने दिन छ। काम गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। परिवारको सम्बन्ध राम्रो बन्नेछ।

मकर : सञ्चित धन खर्च गर्नुपर्ने बाध्यता हुनेछ। मनमा उदासता बढ्नेछ। खर्च कटौती नगरेमा मन उदास हुने दिन छ। तपाईंलाई असफल बनाएर रमाउने समूहसँग सचेत बन्नु राम्रो हुनेछ। परिवारमा तपाईंलाई मन नपराउने सदस्यले शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुन्छ।

कुम्भ : मध्यसाढेसाती दशा चल्दै छ। शनिदेव वक्र गतिमा तपाईंकै राशिमा आइपुगेका छन्। अनुकुल र प्रतिकुल ग्रहबारे थाहा पाउन जन्मकुण्डली हेर्नुपर्छ। साढेसातीमा शनिदेव अनुकुल भए प्रगति हुनेछ भने प्रतिकुल भएमा घाटा हुनेछ। सोचेर मात्र कामको सुरुवात गर्नु राम्रो होला। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : तपाईंका प्रतिकुल ग्रहको बहुमत छ। लगानी गर्नु भन्दा भएको सम्पत्ति जोगाउनु राम्रो हुनेछ। लगानी गर्दा अनुशासित बन्नुपर्ने देखिन्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग रहनेछ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : ०३ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई