फाइल फोटो

आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?   

By खबरहब

August 28, 2024

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मूल्य हो ।

यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।