प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त  « Khabarhub

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त 


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

सिग्देलले गत साउन २४ गते नै नेपाली सेनाको कमाण्ड सम्हालेका थिए । तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि सिग्देलको काँधमा सेनाको कमाण्ड आएको थियो ।

अवकाशअघि शर्मा बिदा बस्ने भएपछि सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी सिग्देललाई दिएको थियो ।

सेनाको सहायक सेनानी दर्जाबाट सेवा सुरु गरेका शर्मा ४१ वर्षसम्म कार्यरत रहेर प्रधानसेनापतिबाट अवकाशमा गएका थिए । भदौ २४ गतेदेखि पदावधिको हदले शर्मा अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : २७ बजे

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका