एन्फा महासचिवले दुई लाख ७० हजार तलब बुझ्दा खेलाडीलाई ३० हजार मात्रै | Khabarhub Khabarhub

एन्फा महासचिवले दुई लाख ७० हजार तलब बुझ्दा खेलाडीलाई ३० हजार मात्रै


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ ।

खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार गरेको एन्फाले महासचिवको तलब भने एक लाख २० हजारबाट बढाएर करिब २ लाख ७० हजार पुर्‍याएपछि आलोचना भएको हो ।

अध्यक्ष पंकज नेम्वाङले पेश गरेको प्रस्ताव नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुई हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख गरेका थिए । बैठकमा असन्तुष्टि भए पनि यो प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ४८ बजे

‘कोशेढुङ्गा’ कलाकारको रोचक लाइअप, आर्यनदेखि नीतिसम्म

काठमाडौं – सबैभन्दा बढी व्यापार गरेर कीर्तिमान कायम राखेको फिल्म

सन् २०२५ देखि २०३५ सम्म ‘पर्यटन दशक’

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा

नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी

चितवन – नारायणी लिफ्ट सिँचाइ सिँचाइ आयोजनाले हिउँदमा पनि पानी

भूमि ऐन धुजा बनाउने अध्यादेश, सांसदको मुखमा ताल्चा

काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

जनताका अधिकार स्थापना विकास र समृद्धिबाटै : डा भट्टराई

गोरखा – नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री