हलमा प्रदीप र पलको प्रतिस्पर्धा « Khabarhub

हलमा प्रदीप र पलको प्रतिस्पर्धा


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार लक्षित गरी अर्थात् कात्तिक १५ बाट अहिलेका चल्तीका दुई नायक प्रदीप खड्का र पल शाहले हलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पलको शीर्ष भूमिका रहेको फिल्म ‘मायावी’ र प्रदीपको ‘एक्टर’ एकसाथ हलमा लाग्ने भएको हो ।

निर्माण पक्षले बुधबार मात्रै फिल्म ‘मायावी’को प्रदर्शन मिति कात्तिक १५ लाई तय गरेको जानकारी दिएको हो । अर्थात् मायावी पक्ष नै हलमा प्रतिस्पर्धा गर्न अग्रसर भएको देखिन्छ ।

निर्देशक दिवाकर भट्टराइ भन्छन्, ‘बिदाको समय पारेर फिल्म प्रदर्शन गर्न लागिएको हो ।’ मायावीमा पल र नायिक दीपिका प्रसाईं शीर्ष भूमिकामा छन् ।

गत वैशाखमा छायांकनमा निस्कदै ‘एक्टर’को प्रदर्शन मिति तोकिएको थियो । नायक राजबल्लभको कमब्याक रहने भएकाले सो फिल्मले सुरुवातदेखि नै चर्चा कमाएको छ ।

यसमा प्रदीपसहित नायक राजबल्लभ कोइराला र नायिका आना शर्मा, दिव्या रायमाझीको शीर्ष भूमिका रहेको बताइएको छ ।

एक्टरको निर्देशक राजन भुसाल हुन् ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  २ : १५ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत