हलमा प्रदीप र पलको प्रतिस्पर्धा « Khabarhub

हलमा प्रदीप र पलको प्रतिस्पर्धा


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार लक्षित गरी अर्थात् कात्तिक १५ बाट अहिलेका चल्तीका दुई नायक प्रदीप खड्का र पल शाहले हलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पलको शीर्ष भूमिका रहेको फिल्म ‘मायावी’ र प्रदीपको ‘एक्टर’ एकसाथ हलमा लाग्ने भएको हो ।

निर्माण पक्षले बुधबार मात्रै फिल्म ‘मायावी’को प्रदर्शन मिति कात्तिक १५ लाई तय गरेको जानकारी दिएको हो । अर्थात् मायावी पक्ष नै हलमा प्रतिस्पर्धा गर्न अग्रसर भएको देखिन्छ ।

निर्देशक दिवाकर भट्टराइ भन्छन्, ‘बिदाको समय पारेर फिल्म प्रदर्शन गर्न लागिएको हो ।’ मायावीमा पल र नायिक दीपिका प्रसाईं शीर्ष भूमिकामा छन् ।

गत वैशाखमा छायांकनमा निस्कदै ‘एक्टर’को प्रदर्शन मिति तोकिएको थियो । नायक राजबल्लभको कमब्याक रहने भएकाले सो फिल्मले सुरुवातदेखि नै चर्चा कमाएको छ ।

यसमा प्रदीपसहित नायक राजबल्लभ कोइराला र नायिका आना शर्मा, दिव्या रायमाझीको शीर्ष भूमिका रहेको बताइएको छ ।

एक्टरको निर्देशक राजन भुसाल हुन् ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  २ : १५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४