‘नेपालमै चाहेजस्तो शिक्षा दिएर विदेशिएका विद्यार्थी फर्काउन सकिन्छ’ « Khabarhub

‘नेपालमै चाहेजस्तो शिक्षा दिएर विदेशिएका विद्यार्थी फर्काउन सकिन्छ’


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुनहरु निर्माणमा ध्यान केन्द्रित गरेको बताएकी छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री भट्टराईले एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको समेत बताइन् ।

शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले बताइन् । उनले आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्दै अझ विशिष्टीकृत र सामाजिक बनाउन सकिने धारणा राखिन् ।

उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरिएकोसमेत जानकारी दिइन् । भट्टराईले नेपालमै चाहेको जस्तो शिक्षा लिने वातावरण बनाउँदै विदेशिका विद्यार्थी फर्काउन पहल गरिने बताइन् ।

त्यस्तै विश्वविद्यालयका पदाधिकारीलाई औचित्यका आधारमा थप जिम्मेवार बनाइने पनि उनको भनाइ छ ।

मन्त्री भट्टराईले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको, समकक्षता प्रमाणपत्र एक साताभित्र उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : ३७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन