‘हिंसा’ शब्दलाई लिएर संसद्‍मा एमाले-माओवादी भनाभन | Khabarhub Khabarhub

‘हिंसा’ शब्दलाई लिएर संसद्‍मा एमाले-माओवादी भनाभन


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोहोरी चलेको छ ।

प्रतिनिधिसभामा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि विवाद भएको हो ।

‘हाम्रो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए पहिले नै विद्युतमा आत्मनिर्भर हुन्थ्यो । विद्युत् उत्पादन गर्न गएका व्यवसायीलाई माओवादीले चन्दा आतंक मच्चायो, लखेट्यो’, उनले भने, ‘यदि त्यसो नभएको भए २०७५ सालमा होइन २०६२ सालमै नेपाल लोडसेडिङमुक्त हुन्थ्यो ।’

योगेशले माओवादी जनयुद्धलाई एमालेले हिंसाकै रुपमा लिएको बताए । माओवादी सांसदहरू उठेर विरोध जनाएपछि उनले अर्कालाई बोल्न नदिनु पनि हिंसा नै भएको टिप्पणी गरे ।

‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईं (माओवादी) हरूले धम्की दिएर कोही पनि डराउँदैन’, उनले भने, ‘लोकतन्त्रमा हिंसा गर्न पाइँदैन । अर्कालाई बोल्न नदिनु हिंसा हो । जनयुद्धलाई हामी हिंसा नै भन्छौँ ।’

भट्टराईको उक्त भनाइलाई लिएर माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले हिंसा शब्दलाई लिएर नियमापत्ति गर्दै त्यसरी संसद्‍मा बोल्न नपाइने बताए ।

विवाद बढ्दै जाँदा माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले जनयुद्धलाई कहीँ कतै पनि हिंसा नभएको बताए । उनले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गरे।

त्यसपछि सभामुख देवराज घिमिरेले हिंसा शब्दलाई लिएर आफूले यसअघि नै निर्देशन दिइसकेको बताएका छन् ।

तर एमाले सांसद भट्टराईले हिंसा भन्ने शब्द असंसदीय नभएको बताउँदै जनयुद्धमा हिंसा भएकै जिकिर गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : ५१ बजे

संविधानलाई कागजको खोस्टो बनाउँदा नागरिक रिसाए

नेपालको सरकार यतिखेर प्रतिनिधि सभाका दुई ठूला दल नेपाली काङ्ग्रेस

रास्वपाको पहिलो महाधिवेशन आगामी वर्ष वैशाख अन्तिममा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता

भारतीय अदालतद्वारा सेनाले आक्रमण गरेको आरोप खारेज

नयाँदिल्ली– भारतीय सेनाको आक्रमणमा मारिएका सर्वसाधारणका आफन्तहरूले बुधबार सर्वोच्च अदालतले

पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले भने- हामीले बोल्नै नहुने, राणा शासन आएछ

काठमाडौं- बीएन्डसी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले प्रधानमन्त्री

आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले  आमरण अनशनमा रहेका दीपक सिलवालको