लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम « Khabarhub

लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण हुने प्रक्रियासँगै कारोबार बढेको सेयर बजारमा पछिल्लो केही दिनयता भने कारोबार घट्दै गएको छ ।

मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार भने जम्मा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार बराबरको कारोबार भएको हो ।

बुधबार दिनभर उतारचढाव भएर नेप्से अन्तिम समयमा ३.८० अंकले बढेर २७८६.४० अंकमा पुगेको छ । बुधबारको शेयर कारोबारमा ९७ वटा कम्पनीको मूल्य बढ्यो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।

बुधबार नेप्सेमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयरको कारोबार भएको छ । जसमध्ये बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, हाइड्रो समूह, लगानी समूह, उत्पादन तथा प्रशोधन समूह, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

तर, आज नेप्सेमा भएको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्यमा भने गिरावट आयो ।

बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.६८ र फलेट इन्डेक्स ०.२१ अंकले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : २७ बजे

सुनको मूल्यमा २४ सय रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न