लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम « Khabarhub

लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण हुने प्रक्रियासँगै कारोबार बढेको सेयर बजारमा पछिल्लो केही दिनयता भने कारोबार घट्दै गएको छ ।

मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार भने जम्मा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार बराबरको कारोबार भएको हो ।

बुधबार दिनभर उतारचढाव भएर नेप्से अन्तिम समयमा ३.८० अंकले बढेर २७८६.४० अंकमा पुगेको छ । बुधबारको शेयर कारोबारमा ९७ वटा कम्पनीको मूल्य बढ्यो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।

बुधबार नेप्सेमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयरको कारोबार भएको छ । जसमध्ये बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, हाइड्रो समूह, लगानी समूह, उत्पादन तथा प्रशोधन समूह, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

तर, आज नेप्सेमा भएको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्यमा भने गिरावट आयो ।

बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.६८ र फलेट इन्डेक्स ०.२१ अंकले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ३ : २७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा