जापानमा आँधीपछि गएको पहिरोमा चार जना बेपत्ता « Khabarhub

जापानमा आँधीपछि गएको पहिरोमा चार जना बेपत्ता


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

सानसान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीपसमूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएको थियो ।

अधिकारीहरूका अनुसार भारी वर्षाले मङ्गलबार राति आइची प्रान्तको गामागोरी सहरमा घर बगाउँदा उनीहरूको बेपत्ता भएका हुन् ।

एकै परिवारका पाँच जना सदस्य बसेको घर पहिरोले प्रभावित हुँदा एक जनालाई उद्धार गरिएको तथा अन्य चार जनाको खोजी जारी रहेको गामागोरीका एक अधिकारीले  बताए ।

मौसम पूर्वानुमानसम्बन्धी निकायले बुधबार अमामीसहित कागोसिमा प्रान्तमा भारी वर्षाको चेतावनी जारी गर्न सक्ने एजेन्सीका एक अधिकारीले पत्रकार सम्मेलनमा बताए ।

चक्रवातका कारण जापानमा एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेका छन् भने यस हप्ता बुलेट ट्रेन सञ्चालन स्थगित हुनसक्ने बताइएको छ ।

अधिकारीहरूले सानसान चक्रपात यस हप्ता मुख्य दक्षिणी टापु क्युशुतिर जाने अनुमान गरिएको थियो ।

यस क्षेत्रमा टाइफुन तटरेखाको नजिक बनिरहेकाले जलवायु परिवर्तनका कारण भूमिमा  लामो समयसम्म टिक्ने गरेको  गत महिना जारी गरिएको एक अध्ययनले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ३ : ५६ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम