आरजुसँगै जहाजमा धनगढी पुगेका प्रचण्डले भने- ‘हेल्लोहाई’ मात्रै भयो « Khabarhub

आरजुसँगै जहाजमा धनगढी पुगेका प्रचण्डले भने- ‘हेल्लोहाई’ मात्रै भयो


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाली कांग्रेसकी नेतृ एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बुधबार एकै जहाजमा धनगढी पुगेका छन् ।

प्रचण्ड माओवादीका सबैजसो पदाधीकारीसहित पार्टीको कार्यक्रममा धनगढी पुगेका हुन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेल पनि धनगढी उत्रिएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश परामर्श बैठकलाई सम्बोधनका लागि प्रचण्डसहितका नेता धनगढी उत्रिँदा सुरक्षा व्यवस्था मिलाउन चर्को परेको थियो ।

परराष्ट्रमन्त्री र प्रचण्ड एकसाथ धनगढी उत्रिँदा स्थानीय सुरक्षा अधिकारीलाई परिस्थिति र कार्यकर्ता सम्हाल्न मुस्किल परेको हो ।

प्रचण्ड दुई दिनसम्म हुने पार्टी बैठकमा भाग लिन पुगेका हुन्। त्यहाँ माओवादीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेश पदाधिकारी पनि जम्मा भएका छन् । प्रदेश परामर्श बैठक धनगढीमा सुरु भइसकेको छ।

प्रचण्ड सवार जहाजमै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि धनगढी उत्रिँदा उनलाई स्वागतका लागि सयौँ कार्यकर्ता विमानस्थलमा थिए ।

धनगढी उत्रिएपछि अध्यक्ष प्रचण्डले आरजुसँग ‘हेल्लोहाई’ मात्रै भएको प्रतिक्रिया दिए । एकै जहाजमा आएकाले कुराकानी भए नभएकोबारेमा जिज्ञासा राख्दा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ४ : १२ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र