दुधमती नदीको सीमा निर्धारण र उत्खनन गरिने « Khabarhub

दुधमती नदीको सीमा निर्धारण र उत्खनन गरिने


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन गरिने भएको छ ।

अहिले नदीको केही भाग डम्पिङ साइट बनेको छ । केही भागको जग्गा अतिक्रमण भएको छ । नदीको अस्तित्व नै धरापमा पुगेपछि सीमा निर्धारण तथा उत्खनन गर्न मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चासो देखाएका छन् ।

मुख्यमन्त्री सिंहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले ०२४/२०२६ मा भएको नापीका आधारमा दुधमती नदीको सीमा यकिन र सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ ।

बैठकले दुधमती नदीको सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यसआधारमा नदीको बहाव क्षेत्र खाली गराउने निर्णय गरेको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

बैठकमा ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउतलगायत सहभागी रहेका थिए ।

बैठकअघि मुख्यमन्त्री सिंह दुधमती नदीको बहाव क्षेत्र अतिक्रमणलगायतका स्थितिबारे जानकारी लिन स्थलगत अनुगमन गरे । अनुगमनमा सरकारी अधिकारीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरू समेत सम्मिलित थिए  ।

उनीहरू दुधमती पोखरीसंगै दक्षिणी भूभाग बनिनियाँसम्मको नदी अवलोकन गरेका छन् । अनुमानपछि मुख्यमन्त्री सिंहले भने, ‘लक्ष्मीनियाँ गाउँपालिका ३ स्थित बनिनियाँभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ ।’

दुधमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गम स्थलमा ठूलो मेला लाग्ने गर्दछ ।धार्मिकशास्त्र अनुसार गंगा, सरयुग-जमुना झैं दुधमती नदीको धार्मिक महत्त्व एवम् मान्यता छ ।

मिथिलाका राजा जनककी छोरी सीताको जीवनसँग जोडिएको हुँदा दुधमती नदीको छुट्टै महत्त्व छ । राजा जनकले सीतालाई दूध खुवाउन कामधेनु गाई नै मगाएका थिए ।

बाल्यकालमा सीताले कामधेनु गाईको दूध खाने क्रममा मुखबाट झरेको दूधको फिँजले दुधमती नदीको उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : २९ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने