समाचार

माओवादीको ‘जनयुद्ध’ राजनीतिक विचारमा आधारित हिंसा नै थियो : रघुजी पन्त

By खबरहब

August 28, 2024

काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले माओवादीले गरेको जनयुद्ध राजनीतिक बिचारमा आधारित हिंसा नै भएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले हिंसाको परिभाषा धेरै हुने भन्दै माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै भएको बताएका हुन् ।

माओवादी हिंसालाई छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि संक्रमणकालीन न्यायको विषय उठेको उनको भनाइ छ । उनले हिंसा शब्द गैरसंसदीय नभएको उल्लेख गरे ।

हिंसा शब्द गैरसंसदीय हुने पुष्टि गर्न उनले माओवादीलाई चुनौती दिए । बुधबारको संसद् बैठकमा हिंसा शब्दका कारण एमाले र माओवादी सांसदबीच विवाद र भनाभन भएको थियो ।