परराष्ट्रमन्त्रीले भनिन्- सुदूरपश्चिमको विकासका लागि भारतसँग कुरा गरेर आएकी छु « Khabarhub

परराष्ट्रमन्त्रीले भनिन्- सुदूरपश्चिमको विकासका लागि भारतसँग कुरा गरेर आएकी छु


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

धनगढी- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् ।

गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणाले आफू यस क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताइन् । यस क्षेत्रको विकासबारे भारत सरकारसँग पनि कुरा उठाएको उनले बताइन् ।

धनगढी उपमहानगरपालिका-४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवम् वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई पूर्ण क्षमतामा चलाउन स्तरोन्नतिबारे कुरा राखेको जानकारी पनि दिइन् ।

‘केही वर्षमात्रै अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका बेला यो नाकाबारे कुरा राख्नुभएको थियो । यो नाका सुदूरपश्चिमत्रकै एक ‘लाइफा लाइन’ हो’, उनले भनिन्, ‘त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रातर्फबाट कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव मागिएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा चलाउने प्रक्रिया अघि बढाउने छौँ ।’

त्यसैगरी भारत भ्रममणकै क्रममा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानबारे कुरा उठाएको उनले बताएकी छन् ।

लामो समयदेखि कांग्रेसको नेतृत्वको सरकारले विकास निर्माणका काम गर्दै आएको स्मरण गर्दै उनले स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने जिकिर गरिन् ।

गौरा पर्व मनाउन बिहान धनगढी पुगेकी मन्त्री राणाले त्यहाँस्थित निवासमा पूजा गरेकी थिइन् । उनलाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू, प्रदेशका उच्च सरकारी अधिकारी तथा कांग्रेसका स्थानीय कार्यकर्ताले स्वागत गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ०६ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको